अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:३६ मा प्रकाशित

आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड ७५ लाख रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने भएकाे छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत जिअफ अलारडाइसले टेस्ट च्याम्पियनशिपकाे विजेताले १ दशमलव ६ मिलियन डलर बराबरकाे पुरस्कार रकम पाउने घाेषणा गर्नुभएकाे ईएसपीएन–क्रिक–इन्फाेले जनाएकाे छ । याे रकम १८ कराेड ७५ लाख नेपाली रुपैयाँ हुन आउँछ ।

यस्तै उपविजेताले नाै कराेड ३७ लाख रुपैयाँ पुरस्कार रकम पाउने ईएनपीएन–क्रिक–इन्फाेले जनाएकाे छ । फाइनल खेल बराबरी भएमा पुरस्कार रकम बाँडिने ईएनपीएन–क्रिक–इन्फाेमा उल्लेख छ ।  यही जुन १८ देखि सुरु हुने विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा भारत र न्युजिल्यान्ड खेल्दै छन् ।

प्रतिक्रिया