अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाको पद खारेज गर्न सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:३० मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) कृष्ण थापाको पद खारेज भएको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थापाको पदको बचाउ गरे पनि फेरि उहाँको दलले थापालाई कारबाही गरेको र नयाँ सरकारसमेत गठन भइसकेको अवस्थामा थापाको पद खारेज हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।

एमालेको सरकार हटाएर कांग्रेस नेतृत्वमा साथ नदिएको भन्दै जनमोर्चाले थापालाई प्रदेश सभा सदस्यबाटै हटाएको थियो । पार्टीको निर्णयविरुद्ध जेठ २१ गते मुद्दा हाल्नुभएका थापाको पद जेठ २३ गते सर्वोच्चले अन्तरिम आदेशमार्फत बचाउ गरिदिएको थियो ।

तर अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेश सभा सचिवालय र राष्ट्रिय जनमोर्चाले भ्याकेट निवेदन दिएका थियाे । कृष्ण थापाले कुनै पनि हालतमा कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ नदिने अडान लिएकै कारण यसअघि नयाँ सरकार गठन हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू