अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

राष्ट्रिय आविष्कार केन्द्रद्धारा सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:२६ मा प्रकाशित

राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ ।ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो ।

प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी पूर्वाधारको विकास गरिने बताउनुभयो ।

उहाँले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने भन्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गर्नुभयो । स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टीलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू