अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

इजरायली संसदले नयाँ सरकार गठनलाई स्वीकृति दिने, नयाँ सरकार आत्मसमर्पणवादी भएको नेतन्याहूको आरोप

बिआरटीनेपाल २०७८ जेठ ३० गते ६:३७ मा प्रकाशित

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको १२ वर्षे शासनलाई अन्त्य गर्ने गरी आज इजरायल संसदले नयाँ सरकार गठनलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।दलहरूको गठबन्धनले अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ ।

मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार दक्षिणपन्थी राष्ट्रवादी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री बन्न्ुहुनेछ ।गठबन्धनसम्बन्धी सम्झौताअनुसार यामिना दलका नेताले सन् २०२३ को सेप्टेम्बरसम्म पद सम्हाल्ने अपेक्षा गरिएको छ ।

इजरायलमा सबैभन्दा लामो समय शासन गर्ने नेता नेतान्याहुले थुप्रै वर्ष त्यहाँको राजनीतिक परिदृश्यलाई आफ्नो अधिनमा राख्न सफल हुनुभएको छ । उहाले नयाँ सरकारप्रति कडा शब्द प्रहार गर्दै त्यसलाई धोकेबाज र आत्मसमर्पणवादीहरूको खतरनाक गठबन्धनको सङ्ज्ञा दिनुभएको छ । उहाँले त्यसलाई ’छिट्टै सत्ताच्युत गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू