अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

देशभर बदली रहने, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षाकाे सम्भावना

बिआरटीनेपाल २०७८ जेठ ३० गते ६:३० मा प्रकाशित

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा समेत भईरहेको महाशाखको भनाइ छ । महाशाखाका अनुसार सोमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रह्यो । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको पनि संभावना रहेको छ। आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू