अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

सोमालियमा सेनाकाे कारबाहीमा अल सेबाबका १७ विद्रोही मारिए

बिआरटीनेपाल २०७८ जेठ २९ गते ८:२७ मा प्रकाशित

सोमालियामा सेनाले गरेको कहारबाहीमा परेर कम्तीमा पनि १७ जना सशस्त्र लडाकूहरुको ज्यान गएको छ । सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न दुई प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन् ।

हिरान भन्ने स्थानमा सोमालियको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्को एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन् ।

ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो ।

त्यस कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ । अरु कैयौँ घाइते पनि भएका छन् । शुक्रबार सेनाले उक्त कारबाही गरेको थियो । कारबाहीमा परेर के कति विद्रोही मारिएका छन् भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू