अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

१४ औं महाधिवेशन भदौ १६ मा काठमाडौंमा गर्ने कांग्रेसको निर्णय, साउन १ देखि वडा अधिवेशन

बिआरटीनेपाल २०७८ जेठ २९ गते ७:०९ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ मा हुने भएको छ । काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको आगामी महाधिवेशन भदौ १६ देखि काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १ गतेदेखि वडा अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कांग्रेसले भदौ ६ गतेदेखि काठमाडौंमा गर्ने भनिएको थियो । पदाधिकारी बैठकको निर्णयपछि असार ३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू