अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

अमेरिका निवासी नेपाली व्यवसायी सुनुप्रतापलाई २ लाख ३० हजार डलर जरिवाना तिराईयो

बिआरटीनेपाल २०७८ जेठ २८ गते ९:२१ मा प्रकाशित

अमेरिकानिवासी नेपाली मूलका एक व्यवसायीलाई ठूलो रकम जरिवाना तिराइएको छ । काठमाडौंको सामाखुसीमा घर भई अमेरिकाको भर्जिनियाँ राज्यमा व्यापार गरेर बसेका नेपाली मूलका व्यवसायी सुनुप्रताप केसी (सुबु)लाई गैरकानुनी रूपमे राज्यको रकममा जालसाजी गरेको आरोपमा २ लाख ३० हजार डलरभन्दा बढी जरिवाना तिराइएको हो ।

इस्टर्न डिस्ट्रिक्ट भर्जिनियाँका एक्टिङ यूएस एटर्नी राज पारेखद्वारा जारी विज्ञप्तिअनुसार इन्भेस्टमेन्ट कम्पनीका सञ्चालकसमेत रहेका उनले अमेरिकाको भर्जिनियाँस्थित च्यान्टलीमा कम्पनी खोलेर कोरोना महामारीमा अप्ठ्यारोमा परेका साना लगानीका व्यापारीहरूलाई अमेरिकी सरकारले सुविधास्वरूप दिने पीपीपी प्रोग्रामअन्तर्गतको रकममा जालसाजी गरेर ठूलो रकम ठगी गरेका हुन् ।

केसीले बन्द भइसकेको केसी इन्भेस्टमेन्ट गुप्रमार्फत पीपीपीअन्तर्गतको सुविधा लिएर अमेरिकामा ठगी गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा केसी इन्भेस्टमेण्ट्स गुप्र (केसी इन्क) ले पे चेक प्रोटेक्सन प्रोग्राम (पीपीपी) अन्तर्गत धेरै लोन लिएर ठगी गरेकाले कारबाही गरेको जनाइएको छ ।

अनुसन्धानका क्रममा जालसाजी प्रमाणित भएसँगै उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट जरिवाना गर्ने निर्णय २ जूनमा गरिएको छ । केसीलाई सो रकम ३० दिनभित्र फिर्ता गरिसक्न आदेशसमेत दिइएको छ । आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्न केसी राजी भएपछि यो प्रकरणलाई आपराधिक मुद्दातिर नलगिएको बताइएको छ ।

प्रतिक्रिया