अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

नौ जना नारीलाई अनेसास नवरत्न पुरस्कार

बिआरटीनेपाल २०७८ जेठ २८ गते ८:३७ मा प्रकाशित

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

समितिले साहित्य तर्फ गङ्गा लिगल, शारदा पौडेल ‘निशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो । यसै गरी यसै गरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्ने भएको छ ।

समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा उक्त निर्णय गरेको हो ।

साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए ।
आगामी अगस्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरी दुई सय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू