अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

भारतमा कोरोनाका कारण एकैदिन सबैभन्दा बढी ६ हजार व्यक्तिको मृत्यु

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:४८ मा प्रकाशित

भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको हो ।

बिहार सरकारले कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्यामा ३ हजार ९५१ अद्यावधिक गरेकाले आँकडा बढेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । कोरोनाबाट बिहारमा जुन ९ सम्म ९ हजार ४२९ जनाको मृत्यु भएको जनाइएको छ ।

कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको मृत्यु भइसकेको भारतमा पछिल्लो २४ घण्टामा भने नयाँ संक्रमित जम्मा ९४ हजार ५२ जना फेला परेका छन् । कुल संक्रमित दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुग्दा २३ करोड ९० लाख ५८ हजारले खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू