अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

अफगानिस्तानमा १० सफाइ कर्मचारीको गोली हानी हत्या

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:३९ मा प्रकाशित

अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् । घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ । अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् । अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसंख्य समुदाय हो । हालैका वर्षहरुमा उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू