अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

देउवा निवासमा विपक्षी गठबन्धनको छलफल

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:१० मा प्रकाशित

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

देउवा निवासमा भईरहेको छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विपक्षी गठबन्धन निर्माण भएको र नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताईएको छ ।

संघीय सरकार, प्रधानमन्त्रीले गरेको मपिन्त्रपरिषद् पुनर्गठन, प्रदेश सरकारमा आफ्नो भुमीका र अव कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन गठबन्धन छलफलमा जुटेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू