अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

कांग्रेसका युवा नेता गणेश लामा पोखराबाट पक्राउ, राजनीतिक चलखेलको आशंका

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:०६ मा प्रकाशित

नेपाली कांग्रेसका युवा नेता गणेश लामा पक्राउ परेका छन् । निषेधाज्ञाका बीच पोखरा पुग्नुभएका लामालाई प्रहरीले क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो । लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका लामा पछि क्याटवाक रेस्टुरेन्ट पुगेको सूचनाका आधारमा प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्ब गुरुङले विश्वासको मत लिने बेलामा लामा पोखरामा पुग्नुलाई राजनीतिक मानिएको छ ।

राजनीतिक चलखेलका लागि उहाँ काठमाडौंबाट पोखरा पुग्नुभएको बताइएको छ ।प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार कुनै समय एकै गुटका लामा र मनाङ्गेबीच केही वर्ष यता भने सम्बन्ध राम्रो छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू