अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

नयाँ सरकार बनाउन दीपक मनाङेद्वारा विपक्षीलाई हस्ताक्षर

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:०३ मा प्रकाशित

पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ(दीपक मनाङे) ले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिनुभएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताउनुभएको छ ।

मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बनाउनुभएको थियो । पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुनः मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत पाउनुभएको थियो । वैशाख २६ मा राजीनामा दिनुभएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त हुनुभएको हो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उहाँले बिहीबार संसद्को सामना गर्नुभएको हो । कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू