अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण, ५ हजार जनाभन्दा धेरै निको

बिआरटीनेपाल २०७८ जेठ २७ गते ७:१३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय ७४ जना र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख १ हजार ६ सय ८७ जना र एन्टिजेन विधिबाट १७ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना निको भएसँगै निको हुनेको सङ्ख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

यस्तै थप ५९ जनासहित कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म ८ हजार २ सय ३८ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिले ७७ हजार ८ सय ५८ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू