अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

धोका दियौमा चिरञ्जीवी र कृतिशाको रोमान्स

बिआरटीनेपाल २०७८ जेठ २७ गते ६:५१ मा प्रकाशित

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । कृतिशाको अलवा भिडियोमा चिरञ्जीवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रेम पिडा व्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेम पिडा कथाको रूपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाङ्कन र डिन्सन शाहको सम्पादन छ ।

प्रतिक्रिया