अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

कोभिडविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

बिआरटीनेपाल २०७८ जेठ २६ गते ८:०४ मा प्रकाशित

अमेरिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकले एक खिल्ली गाँजा उपहार पाउने भएका छन् ।अमेरिकाको वासिङ्टन राज्यले २१ वर्ष माथिका नागरिकले खोप लगाएमा तत्कालै एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको हो । ‘जोइन्ट्स फर ज्याब्स’ नाम दिइएको उक्त कार्यक्रम जुलाइ १२ सम्म लागु हुनेछ ।

युवाहरूमा खोप लगाउन प्रेरणा दिलाउन यो कार्यक्रमले सहयोग पुगे आशा त्यहाँको सरकारको छ ।अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने यस्ता विभिन्न उपहार योजना यसअघि अन्य राज्यले पनि ल्याइसकेका छन् ।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत नागरिकले मात्र कोरोना पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन् । अमेरिकामा मध्य अप्रिलदेखि कोरोना खोप लगाउने क्रम ओह्रालो लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू