अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व वैंकको प्रक्षेपण

बिआरटीनेपाल २०७८ जेठ २६ गते ८:०२ मा प्रकाशित

विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।नेपालको आर्थिक वृद्धिको पछिल्लो अनुमान सन् २०२०/२१ मा प्रक्षेपण गरिएभन्दा २.१ प्रतिशत र २०२१/२२ मा १.४ प्रतिशतले बढी रहेको समेत उल्लेख छ । आव २०२०÷२१ मा नेपालको वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने विश्व बैंकको अनुमान छ ।

सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२/२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ ।विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ ।

सन् २०२१ मा विश्वको आर्थिक विकास ५.६ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक संकटबाट पछिल्लो ८० वर्षयता तीव्र पुनउत्थानतर्फ अघि बढिरहेको पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू