अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

ओलम्पिकमा शरणार्थी खेलाडी सहभागी हुने

बिआरटीनेपाल २०७८ जेठ २६ गते ८:०१ मा प्रकाशित

जापानमा हुने टोकियो ओलम्पिकअन्र्तगत १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामा बसेर उनीहरुले टोकियो ओलम्पिकमा सहभािगता जनाउने भएका हुन् ।विभिन्न देश छोडेर अर्को देशमा गएर बसेका त्यस्ता खेलाडीलाई आइओसीले सन् २०१६ को रियो ओलम्पिकबाट सहभागिता गराउने नियम बनाएको हो ।

२०१६ मा शरणार्थी कोटामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो पटक सो संख्या बढेर २९ पुगेको हो । आइओसीको झण्डामुनी प्रतिस्पर्धा गर्ने खेलाडीमा इरान, दक्षिण सुडान, अफगानिस्तान, सिरिया र इरिट्रिया देशका रहेका छन् ।

खेलकुदमा सम्भावना भएपनि विभिन्न कारणले अर्को देशमा गएकालाई आइओसीले शरणार्थी कोटामा राखेको हो ।जुलाई २३ बाट सुरु हुने टोकियो ओलम्पिकका दुई खेल बेसबल र फुटबल उद्घाटनको तीन दिन अगाडीबाट सुरु हुनेछन् । यो पटकको टोकियो ओलम्पिक कोभिडका कारण एक वर्ष सारेर जुलाई र अगष्टमा गर्ने तय भएको हो ।

प्रतिक्रिया