अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार रुपैयाँ पाउने

बिआरटीनेपाल २०७८ जेठ २६ गते ७:५६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार र टी–ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) बसेको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले पाउने भत्ताको तय भएको हो । क्यानका कोषाध्यक्ष रोशन सिंहले नयाँ कार्यविधि पारित भएपछि पुरुष खेलाडीले प्रति एकदिवसीय खेल बापत १० हजार र टी–ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने जानकारी दिनुभयो ।

उहाँले क्यानले गरेको यो कार्य नेपाली क्रिकेट इतिहासकै पहिलो भएको समेत बताउनुभयो । क्यानले सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिमा दुर्गा राज पाठक र माधव कर्माचार्य रहेका थिए । त्यस्तै महिला टोलीका खेलाडीले भने एकदिवसीयमा ५ हजार र टी–ट्वान्टीमा ३ हजार पाउने कोषाध्यक्ष सिंहले जानकारी दिनुभयो । क्यानको नयाँ कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र एक लाख दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू