अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

उडान बन्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको शव अड्कियो

बिआरटीनेपाल २०७८ जेठ २५ गते ८:११ मा प्रकाशित

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ ।सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको शव रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताउनुभयो ।मलेसियामा विभिन्न कारणले जेल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् ।

मलेसियामा गएको वर्षजस्तो रोजगारी गुमेर अलपत्र पर्ने अवस्था अहिले छैन । करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ । मलेसियामा पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । नेपाली श्रमिक पनि सङ्क्रमित भइरहेका छन् । तर कोरोना सङ्क्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना नागरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू