अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

थुक्क पशुहरु

आचार्य प्रभा २०७८ जेठ २४ गते ९:२४ मा प्रकाशित

कविता

आधुनिकताको नाममा
कलुषित भावना बोकेर
बैज्ञानिक सहजतालाई
माध्यम बनाई ती अन्जान
कलिला राउटेनीहरुको
स्वच्छ यौवनमा पनि
गिद्धे आँखा गाड्न
सफल गिद्धहरुलाई
कुन उपनाम दिएर बोलाउँ ?
देशभरी शोक र भोकले
मान्छे प्याक्पाक्ति परिरहेको बेला
कसैलाई भने आफ्नै दुनियाँमा
रमाई रहेका अन्जानहरुमाथी
आफ्नो कामुक बैंशले छोप्न
हतार रहेछ।
कति संवेदनाहिन पशुहरु ?
जुन देश अहिले आँसुमा डुबेको छ
जहाँ मान्छेहरु मृत्युको पासोमा
दिनहुँ परिरहेछन्
त्यहि देशकै कुमान्छेहरु
आफ्नो कामुकताको भोकले
जुर्मुराएर कलिला कोपिलाहरूलाई
लुछ्न कति लालायित भएछन् ?
थुक्क! पशुहरु,
तिमीहरुको पशुत्वको नाममा
अक्षर खर्चिन पनि श्राप लाग्ला
तर पनि यो संवेदनशिल मनले
ती पापी राक्षसहरुमाथी
श्रापित शब्दहरु श्रद्धान्जली स्वरुप
चढाउँन बाध्य बनें ,
ती कलिला अन्जान कोपिलाहरुको
यौवनको भिख माँग्न
अघी बढें।

रचना -६ /६ /२०२१