अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

राउटे युवतीलाई होटलमा लगेर यौन दुर्व्यवहारको भिडियो बनाउने पक्राउ

बिआरटीनेपाल २०७८ जेठ २३ गते ७:५० मा प्रकाशित

होटलमा लगेर राउटे युवतीमाथी यौन दुव्र्यवहार गर्ने दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गुर्भाकोट नगरपाकिला ११ का सुमन बहादुर घर्ती र भूपेन्द्र बुढालाई प्रहरीले पक्राउ गरेको बताएको छ । जिल्लामा बसोबास गर्ने राउटे समुदायका युवतीहरुलाई होटलमा लगेर यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले होटल संचालक मिलन पुन मगरलाई पनि पक्राउ गरेको छ । त्यही भिडियोको आधारमा प्रहरीले अनुसन्धान र कार्वाही अगाडि बढाएको हो । घटनाबारे विस्तृत जानकारी र थप अनुसन्धान लागि प्रहरी अहिले राउटे वस्तीमा पुगेको एसपी राजेन्द्र भट्टले जानकारी दिनुभयो ।

सार्वजनिक भएको उक्त भिडियो कै आधारमा ती पुरुषरुलाई पक्राउ गरिएको भन्दै एसपी भट्टले पिडितहरुले उजुरी नदिए पनि त्यहि भिडियोकै आधारमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाउने बताउनुभयो । पछिल्लो समय सामाजिक संजालमा भाइरल बनाइएका दुई युवतीलाई होटलमा लगेर आपत्तिजनक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको छ । ती युवतीहरुको अन्तरवार्ता लिने बहानामा ती पुरुषले निर्वस्त्र भएर ती युवतीहरुमाथि अनैतिक क्रियाकलाप गरेको भिडियोमा देखिन्छ । भिडियोमा पुरुषहरुले मादक पदार्थ सेवन गरी युवतीहरूलाई श्रीमति भन्दै र संवेदनशिल अंगहरुमा छुँदै अश्लील हर्कत गरेका छन् ।

अन्तर्वार्ताका लागि भिडियो फोटो खिच्ने बहानामा राउटे समुदायमा पुगेका युवाहरुबाट ती युवती दुव्र्यबहारको शिकिार भएका हुन् । सुर्खेतको लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू