अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

कोलोराडोमा डा. महावीर पुनलाई सुन्नेको घुइँचो

बिआरटीनेपाल २०७८ जेठ २१ गते ९:०६ मा प्रकाशित

डेनभर । नेपालमा कोभिड-१९ विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न हेतु रकम सङ्कलन गर्न कोलोराडोमा बुधवार साँझ आयोजित कार्यक्रम “Meet And Greet Fundraising Dinner With Dr. Pun” भव्यताकासाथ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो छोटो परिचयसँगै आविष्कार केन्द्रले नेपालका दुर्गम भेगदेखिको आविष्कार केन्द्र स्थापनासम्मको यात्रा र अब हॅुदै गरेको खोज र निकट भविष्यमा केन्द्रले गर्न लागेको परियोजनाका बारेमा दर्शक, श्रोता समक्ष आफ्नो प्रस्तुति दिएका थिए । उनको यो कोलोराडो भ्रमण दोस्रो हो । सहभागी मध्येका अटोक्याट इन्जिनियरिङका विद्यार्थी भरत श्रेष्ठले तयार गरेको घामे लौरो (Sun Stick) को नमुना चित्र डा. पुनलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रम कोलोराडो यूथ सोसाइटी, रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको हो । ब्रुमफिल्डको दरबार नेपलिज रेष्टुरेन्टमा भएको उक्त रात्रि भोज कार्यक्रमको सञ्चालन विप्लव गौली, सङ्गीता लामा र दिनेशराज पन्तले गरेका थिए भने रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल तथा एनआरएनए कोलोराडोका च्याप्टर उपाध्यक्ष तथा नव निर्वाचित अध्यक्ष रामचन्द्र पन्तले कार्यक्रममा सहभागी सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा जम्मा २१ हजार ३९८ डलर सङ्कलित रकम डा. पुनलाई हस्तान्तरण गरिएको छ । उक्त सङ्कलित रकम मध्ये वानकोमा कार्यरत एक समूहबाट ५ हजार डलर, सिस्टर ग्रुप कोलोराडोबाट ३ हजार ६४४ डलर, नव निर्वाचित एनआरएनए कोलोराडो च्याप्टरबाट २ हजार २६० डलर, हिमालय लाइन्स क्लबबाट १ हजार १८७ डलर, सुमन हुमागाईँ (दरबार नेपलिज एण्ड इन्डियन बीस्ट्रो)बाट १ हजार डलर, नेपाल इभेन्ट कोलोराडोबाट १ हजार डलर तथा सहभागीहरूबाट व्यक्तिगत रूपमा उठेको गरी जम्मा २१ हजार ३९८ डलर रकम सङ्कलन भएको आयोजक टिमले जानकारी दिएको छ ।

अमेरिका पढेर जन्मभूमि स्वदेश नेपाललाई नै आफ्नो कर्मभूमि बनाई देशकै खातिर अहोरात्र खोज, अनुसन्धान र आविष्कारमा खटिरहेका राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनलाई सुन्न अमेरिकी, नेपाली युवा, वृद्ध गरी १६८ जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया