अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

शेयर बजार ५५ अङ्कले बढ्यो, पुनर्बीमा कम्पनीको मात्रै झण्डै डेढ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ जेठ १९ गते ८:११ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से झण्डै ५६ अङ्कले बढेको छ । सबैजसो समूहको शेयर बढेर हरियो भएको बजार ५५ दशमलव ७६ अङ्कले बढेर २८ सय २७ दशमलव १३ विन्दुमा पुगेको छ ।आज बैंकिङ समूहको शेयर आठ अङ्कले, होटल समूहको ९२ अङ्कले, विकास बैंकको दुई सय २५ अङ्कले, जलविद्युतको ८२ अङ्कले, फाइनान्सको एक सय ३७ अङ्कले, जीवन बीमा समूहको तीन सय ७४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर चार सय ७९ अङ्कले, अन्यको एक सय १० अङ्कले र उत्पादन समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

बुधवार दुई सय १९ कम्पनीका दुई करोड २६ लाख कित्ता शेयर ११ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज १४ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि राधी जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू