अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

जीपी कोइराला फाउन्डेसन अमेरिकाद्वारा बधाई एवं सम्मान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ जेठ १९ गते ७:०६ मा प्रकाशित

न्यु योर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले आज आफ्नो कार्यालयमा एक विशेष कार्यक्रम गरी भर्खरै सम्पन्न एनआरएनए अमेरिका (२०२१-२०२३) चुनावको न्यु योर्क च्याप्टरमा विजयी पदाधिकारी हरूलाई सम्मान एवं बधाई तथा शुभकामना व्यक्त कार्यक्रम सम्पन्न गरेको छ।सो कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकीका संस्थापक उपाध्यक्ष श्री मिंगमार शेर्पाको प्रमुख आतिथ्यता एवं फाउन्डेसनका अध्यक्ष श्री सोमनाथ घिमिरेको अध्यक्षतामा गरिएको हो।साथै सो कार्यक्रममा एनआरएन एनसीसीका पूर्व सल्लाहकार श्री नेदेन दोंगाला विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

सो कार्यक्रममा न्युयोर्कवाट एनआरएनए एनसिसि बोर्ड अफ डाइरेक्टरमा विजयी दुर्गेशजंग कार्की र प्रभातराज सापकोटा पनि उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यद्वय सूर्य सिम्खडा र ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो।

न्यु योर्क च्याप्टरबाट विजयी टिमलाई लाई प्रमुख अतिथि मिंगमार शेर्पाले अबिर र खादा लगाई सम्मान गर्नुभयो।सो कार्यक्रममा जिपी कोइराला फाउन्डेसन अमेरिका च्याप्टर का अध्यक्ष सोमनाथ घिमिरेले वहाँहरूलाई बधाई दिँदै कार्यालयमा स्वागत गर्न पाउँदा खुसी लागेको र फाउन्डेसन सदा वहाँहरूको साथमा हातेमालो गर्दै आगामी दिनहरूमा नेपाली समुदायको हर दुख सुखमा साथ दिन तत्पर रहेको, आवश्यक पर्दा अमेरिकाका उच्च राजनैतिक नेतृत्वसँग लविगं र समन्वय गरी सृजनात्मक काम गर्न आफूले यो टिमलाई सहयोग गरी रहने दृढता व्यक्त गर्नुभयो।

यसै गरी उपाध्यक्ष सुवर्ण लामाले सबैमा बधाई दिँदै कार्य सफलताका निम्ति आफूले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फाउन्डेसनका प्रवक्ता रामचन्द्र अधिकारीले गिरिजाबाबुले भनेझैँ सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो र यो टिमले केन्द्र देखी च्याप्टरसम्म समन्वय गरी असल काम गरी देखाउन शुभकामना दिनुभयो।त्यसै गरी कार्यसमिति सदस्य सूर्य सिम्खडा र ध्रुव कुँवर क्षेत्रीले वहाँहरूलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बोर्ड अफ डाइरेक्टरमा विजयी दुर्गेशजंग कार्कीले अब नॅंया विचारका साथ संस्थालाई हाम्रो र राम्रो नेपालीहरूको हक हितका लागी कार्ययोजनाहरु तय गरी काम गर्न जरुरी छ भन्नु भयो भने अर्का र्वोर्ड अफ डाइरेक्टरमा विजयी प्रभातराज सापकोटाले संस्थालाई अझै उचाइमा पुराउन हामी सबैको जिम्मेवारी हो र यसका लागी सबै एकजुट भएर हातेमालो गर्दै अगि बढ्नु पर्छ भ्भनु भयो।

उपस्थित सम्पूर्ण विजेताहरूले आफ्नो परिचय दिँदै छोटकरीमा मन्तव्य राख्नु भएको थियो।सो अवसरमा अध्यक्ष पदमा निर्वाचित आंग छिरिंग शेर्पाले आज आफू अत्यन्त उत्साहित भएको र आगामी दिनमा ठोस कार्य योजना ल्याई न्युयोर्कमा ठोस रूपमा परिवर्तन गरी छाडने र सोका लागी फाउन्डेसनको विशेष साथ र सहयोगको अपेक्षा गरेको धारणा व्यक्त गर्नुकासाथै एक जुझारु टिमलाई कुशलतापूर्वक हाँक्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो कार्यक्रमका विशेष अतिथि नेदेन डोंगलाले टिमलाई बधाई दिँदै यो टिम अत्यन्त समावेशी र जुझारु भएको र आफूले सदा साथ र सहयोग दिने धारणा राख्नुभयो।त्यसै गरी प्रमुख अतिथि मिंगमार शेर्पाले बधाई दिँदै तपाईँहरूसँग अवसर र चुनौती दुवै भएको र राम्रो काम गरी नमुना बनी देखाउन सुझाव दिँदै आफू सधैँ साथमा रहने दृढता व्यक्त गर्नुभयो ।

विजयी पदाधिकारी एवं टिमको नामावली यस प्रकार रहेको छ।
अध्यक्ष- आंग छिरिंग शेर्पा
उपाध्यक्ष-शोभाकान्त पाण्डे
सचिव-दण्डपाणि लामिछाने(वासु)
सहसचिव- वावुराजा सिंह
कोषाध्यक्ष -आशिष् सापकोटा
महिला संयोजक-लक्ष्मी थापा
युवा संयोजक-अनुप वानिँया
बोर्ड सदस्यहरू-पवित्रा धिमाल, राजन वन्जरा, प्रकाश खड्का क्षेत्री, संगीता कोइराला, देवेन्द्र लामा, छिरिंग शेर्पा

एनआरएनए एनसिसि अमेरिकाका नॅंया निर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदी, महासचिव अञ्जन कुमार चौंलागाई लगायत सबै निर्वाचित पदाधिकारीहरूलाई फाउण्जेशनले हार्दिक बधाई दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया