अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ति गीत सार्वजनिक

बिआरटीनेपाल २०७८ जेठ १९ गते ६:१९ मा प्रकाशित

आफू जन्मेको देशको माया कसलाई हुन्न र ? विश्वमा अनेकौँ देशहरू छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित रहेको नेपाल भाषाको उत्कृष्ट गीतहरू मध्येको एउटा नेपाल भाषामा रहेको देश भक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक नेपाल भाषाको गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि दिन सक्छु । गीतले नेपाली भई जिउनु सारा नेपालीको सान हो भन्ने सन्देश दिएको छ ।

चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत अनि बुद्ध सायमीको एरेन्जरमा अडियो नेपालमा रेकर्डिङ भएको थियो । सार्वजनिक भिडियोमा कलाकारहरू गायक मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु र अन्य कलाकारहरू हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन आदिको अभिनय रहेको छ । कुमारी नृत्य मैयाँ महर्जन र लाखे नृत्य सुजन बज्राचार्यको उत्कृष्ट अभिनय रहेको छ । गीतको भिडियो इडिटिङ्ग र छायाङ्कन अमर चित्रकारले गरेको छ भने सुरेन्द्र तुलाधरबाट भिडियो निर्देशन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू