अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

कोलोराडोबाट एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा राज ढुंगानाको विजयी

बिआरटीनेपाल २०७८ जेठ १७ गते १३:३३ मा प्रकाशित

कोलोराडोबाट एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा पहिलो पटक कोलोराडोको नेतृत्व राज ढुंगानाले गर्ने भएका छन् ।  उनी ३३०८ मत ल्याएर बोर्ड अफ डाइरेक्टर पदमा विजयी भएका छन् । ढुंगाना कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाकार हुन ।

उनी सन २००३ देखी कोलोराडोमा बसोबास गर्दै आएका छन् । अमेरिकी नेपाली समाजमा अझ मूलतः कोलोराडो नेपाली समाजमा सीधा कुरा, स्पष्ट विचारका धनीको रूपमा ढुंगाना चिनिंछन । नेपालमा नै विद्यार्थी राजनीतिबाट खारिएका, चिनिएका यिनी जुझारु, ऊर्जाशील, कुशल संगठक र रणनीतिकार पनि हुन । विगत एक दशक देखी सक्रियतापूर्वक विभिन्न स्थानीय सङ्घसंस्थामा निरन्तर संलग्न भई कोलोराडोको नेपाली घरको उपाध्यक्ष (२०१५-२०१७) र त्यसै गरी एनआरएन कोलोराड़ो च्याप्टरको निवर्तमान अध्यक्ष (२०१७-२०१९) को रूपमा सरलता अनि सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन् ।

ढुगांनालाई बिआरटी नेपाल डट कम बधाई तथा कार्य सफलताको शुभकामना !

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू