अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुवेदी विजयी

बिआरटीनेपाल २०७८ जेठ १७ गते ७:११ मा प्रकाशित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित हुनुभएको छ । विद्युतीय प्रणालीबाट भएको मतदानमा आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त विजयी हुनुभएको छ । वर्तमान कार्य समितिमा उपाध्यक्ष रहनुभएका पन्त सर्वाधिक मत प्राप्त गरि वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । गत शनिवार र आइतवार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए । जसमध्ये सुवेदी ५ हजार ६ सय १८ मत ल्याई विजयी हुनुभएको हो ।

प्रतिक्रिया