अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

कोभिड संक्रमण महामारीलाई रोक्न थाइल्यान्ड सरकारको नेपाललाई सहयोग

बिआरटीनेपाल २०७८ जेठ १६ गते ८:३९ मा प्रकाशित

काठमाडौँ । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्यान्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ ।

थाइल्यान्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराउनुभएको ती सामाग्री आज आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमा गरी ती सामाग्री नेपाल आइपुगेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘थाई नरेश प्रति नेपाल सरकारले धन्यवाद दिन चाहन्छु । उहाँले भन्नुभयो नेपाललाई आपतपर्दा अन्तर्राष्ट्रिय समुदायले निरन्तर सहयोग जारी राखेको बताउनुभयो ।

ती सामाग्री थाइल्यान्डका राजदूत भोसिता भोरासावले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो । मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्त्वपूर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिन चाहन्छ भन्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल भित्रिएको ती सामाग्री विभिन्न अस्पताललाई हस्तान्तरण गरिने छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले आफ्नै विमान चार्टर गरी कोभिड नियन्त्रण गर्न नेपालमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा थाई नरेश प्रति आभार व्यक्त गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले थाइ राजदूतावास मार्फत थाइ नरेशलाई पत्र पठाएर ती सामाग्री नेपाल आइपुगेको हो । सोही पत्रको आधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक पर्ने सूची गरेपछि सोही आधारमा थाइल्यान्ड सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । मन्त्री श्रेष्ठले नेपाल र थाईल्याण्डबिचको सुमधुर सम्बन्धको कारण कोभिड नियन्त्रणको लागि महत्त्वपूर्ण सामाग्री नेपाल आइपुगेको जानकारी गराउनुभयो ।

नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रूपमा ती स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई सहयोग गरिएको हो । नेपाललाई थाई राजदरबारबाट सहयोग जुटाउन थाइल्यान्डको भिक्षु सङ्घमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहार वाट बोभर्नका उप प्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात् फ्रा डा. अनिल शाक्यसँग माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न सम्भव भएको हो ।

नेपाली राजदूतावास मार्पmत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो । सोही आधारमा सरकारले १० लाख थान सर्किजल मास्क, ४ हजार ५ सय पिपिई गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्किजल क्याप,५ हजार थान फेस सिल,२० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर,१ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ । ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पिपिई गाउन उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू