अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

डा. महाबिर पुन फेरी कोलोराडो आउँदै 

बिआरटीनेपाल २०७८ जेठ १३ गते ७:०९ मा प्रकाशित

कोलोराडो समुदायका सदस्यहरूको एक समूहले नेपालमा फ्रन्टलाइन्समा लड्दै आएका एक विशेष पाहुना राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा. महाबिर पुनको साथ चैरिटी डिनर मार्फत नेपालमा कोभिड -१९ को समस्याको सामना गर्न सहयोग गर्न पैसा जुटाउने भएको छ ।

कोलोराडो युथ सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रमलाई रकी माउन्टेन फ्रेंड्स अफ नेपालले सहयोग गरेको छ । आउने महिना जूनको २ तारिख साँझ ६ बजे दरबार नेपाली एन्ड इन्डियन बिस्ट्रोमा हुने उक्त कार्यक्रममा कोलोराडोबासी नेपालीलाई सहभागी हुन अपिल गरिएको छ ।  कार्यक्रममा डा पुनसंग प्रश्न र उत्तर साथै उनले आफ्ना कुराहरु राख्नेछन ।

जोन हपकिन्स विश्वविद्यालयले संकलित तथ्यान्क अनुसार बिहीवार बिहान (यो समाचार लेखुन्जेल) सम्म नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि ५ लाख ३६ हजारमा भएको र अहिले सम्म ६,८४५ को मृत्यु भएको छ । सीएनबीसीले जनाए अनुसार ७.३ % जनसंख्याले भ्याक्सिनको कम्तीमा एउटा खुराक मात्रै पाएको छ ।

प्रतिक्रिया