अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

विश्व रेकर्डको प्रमाणपत्र बुझ्दा फुर्वा शेर्पाले बनाए अर्को रेकर्ड

बिआरटीनेपाल २०७८ जेठ १२ गते ७:१७ मा प्रकाशित

धरान । गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन् । हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् । उनले हालै राखेको रेकर्ड चाहिँ विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् ।

शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको” नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म” मात्रै प्रयोग गरिएको गीत ” मिर्मीमा ” गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने हालै त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रूपमा स्वीकार गर्‍यो । यसैको आधिकारिक प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्ड समेत शेर्पाले राख्न सफल भएका हुन् ।

प्रतिक्रिया