अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा रितादेवी प्रधानको उम्मेदवारी

बिआरटीनेपाल २०७८ जेठ ९ गते ११:२८ मा प्रकाशित

नेपाली समाजमा रितादेवी प्रधानको नाम नसुनेका व्यक्ति सायदै अमेरिकामा होलान् र ? नेपाली भाषा साहित्यमा अदृश्य र अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी लेख्ने पहिलो व्यक्ति हुन् रितादेवी प्रधान । त्यति मात्र हैन नेपाल भाषामा (नेवारी साहित्यमा) सचित्र बाल उपन्यास लेख्ने पहिलो उपन्यासकार बनेर समेत चर्चामा आएकी रितादेवी प्रधान अहिले गैह्र आवासीय नेपाली सङ्घ एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन ।

अहिले पनि उत्तिकै जोस र जागरले भरिएकी रितादेवी प्रधान बिस २०१० सालमा काठमाडौँमा जन्मिएकी हुन् । लामो समयदेखि अमेरिकाको क्यालिफोर्निया सनफ्रान्सिस्को अमेरिकामा बस्दै आएकी उनले अमेरिकाको बसाइ सुरुवात बाटै अनवरत रूपमा सानफ्रान्सिस्को बे एरियामा बसेर विभिन्न सङ्घ संस्थाहरू मार्फत नेपाली समाजमा आफूलाई सक्रिय बनाइ रहेकी छिन ।

अर्थशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेकी प्रधान अमेरिका आउनुभन्दा पहिला नेपालमा महिला वातावरण समूह, माङ्ग्का क्राफ्ट एसोसिएसन, आनन्द बगैँचा समूह, रोटरी इण्टरनेशनल क्लब, ए ओन, जीएए क्लबमा आबद्ध रहेर सामाजिक सेवा गरिसकेकी छिन। त्यति मात्र होइन उनले अमेरिकामा रहँदा समेत नेपाल ओमन ग्लोबल नेटवर्कमा सल्लाहकार, अनेसास, नदने क्यालिफोर्नियाको सह सम्पादक, आदिवासी जनजाति महासङ्घको सल्लाहकार, एनएएनसी क्यालिफोर्नियामा ओमन कोअर्डिनेटर, एनओएएन क्यालिफोर्निया च्याप्टरको दोस्रो उपाध्यक्ष , बुद्धको विश्वभर प्रचार प्रसार गर्ने संस्था बुद्ध नेपाल पिस फाउन्डेसनमा सल्लाहकार, डब्ल्युएनओ अमेरिकाको साहित्य विभागको सदस्य,अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको आजीवन सदस्य र अमेरिकामै बसेर ओम डेस्टाइण्ड ब्वाइज होस्टलमा आबद्ध रहेर काम गर्दै आफूले प्रयास गरेको र धेरै गतिविधिहरूमा सक्रिय संलग्न भएको अनुभव रितादेवी प्रधानसँग छ। लामो समयदेखि अमेरिकामा रहदै आएकी उनले कलम चलाउँदै आएका धेरै कृतिहरू समेत प्रकाशित छन् ।

अनुभवले पनि अहिलेको उम्मेदवारीमा खारिएकी उनलाई गैर आवासीय नेपाली सङ्घ एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदका लागि अमूल्य मत दिन अमेरिकामा बस्ने जो कोही नेपाली उत्साहित छन्। हालसम्म थाइल्यान्ड, सिंगापुर , हंगकंग, भारत, पाकिस्तान, चिन, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया लगायतका दर्जनौँ देशमा भ्रमण गरेर त्यहाँ रहेका नेपालीहरूको अवस्था बुझिसकेकी उनले अमेरिकामा रहँदा समेत धेरै नेपालीहरूको सहयोगी पात्र बनेकी छिन । आफ्ना देशान्तर,जनसत्ता,जनप्रहार, नारी,रत्न श्री,कस्तुरी,आदि पत्रपत्रिकामा रचना समेत प्रकाशन गर्दै आएकी प्रधानले तरङ्गहरू मनका (कवितासंग्रह),नेपाली तथा अङ्ग्रेजी भाषाको अन्धविश्वास भित्रको विश्वासहरू, नेपाल भाषाको सचित्र बाल उपन्यास नवाइम्ह, कथा सङ्ग्रह खनाखँ लगायत दर्जनौँ कथा कविता निबन्ध प्रकाशित छन् ।

साहित्यमा बढी रुचि भएकी रितादेवी प्रधान अहिले गैह्र आवासीय नेपाली सङ्घ एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेदवारी दिइरहँदा संस्थाको आर्थिक समृद्धि र पारदर्शिता र उपयुक्त सल्लाहले नेपालीहरूको समस्या समाधान गर्नेमा उनी ढुक्क छिन।आफ्नो उम्मेदवारी धेरै युवा साथीहरूको साथ सहयोग र समर्थनमा रहेको र जसको फलस्वरूप सबै नेपालीको समस्या पहिचान गरी ती समस्याको उचित समाधानका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न हुँदै आइरहेको र विभिन्न टाक्सफोर्समा रहेर काम गरेको अनुभवले आफ्नो उम्मेदवारी एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डिरेक्टरमा रहेको प्रधानको भनाइ छ। लामो समयदेखि अमेरिकामा बसेर नेपालीहरूलाई परेको समस्यालाई आफ्नै समस्या ठानेर काम गर्दै आएकोले अग्रज तथा समकालीन साथीहरूको सारथी बन्न र भिजनलाई साकार पार्न आफ्नो उम्मेदवारी रहेकोले जहाँ जस्तो अवस्थामा रहेर पनि आफ्नो अमूल्य मत दिई विजयी बनाउन आग्रह समेत गरेकी छिन। गैह्र आवासीय नेपालीहरूको छाता सङ्गठन एनआरएनए क्यालिफोर्निया च्याप्टरको चुनाव यही मे २९ र ३० तारिखमा हुदैछ । स्रोत: तिलोतामा सिटी

प्रतिक्रिया