अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

सम्झनामा सिद्धिचरण

बिआरटीनेपाल २०७८ जेठ ९ गते ११:१७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती मनाएको छ । जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले युगकवि श्रेष्ठको साहित्यिक योगदानका वारेमा चर्चा गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सिद्धिचरणले नेपाली समाजको सिमान्तकृत वर्गलाई आफ्ना सिर्जनामा उतार्दै युगको आवाजलाई बोलेकाले युगकवि भनिएको बताए । नेपाली साहित्यकारहरूलाई विश्वमाझ चिनाउन मद्दत गरेकोमा अनेसासको उनले प्रशंसा गरे ।

कार्यक्रममा अनेसा बोर्ड परिषदकी सभापति गीता खत्री, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, प्राडा. जयराज आचार्य, डा. फणिन्द्रराज निरौला, सिद्धिरचणका सुपुत्र रविचरण श्रेष्ठ, अनेसास बोर्ड परिषदका उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौलालगायतले सिद्धिचरण र कार्यक्रमवारे मन्तव्य व्यक्त गरे ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कवि मञ्जुलले ‘सिद्धिचरणहरू ‘ शीर्षकका दुई कविता वाचन गरेर कार्यक्रममा आकर्षण थपेका थिए । यसैगरी अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य डा. रेणुका सोलु, गृष्मा पौड्याल र निष्ठा निरौलाले सिद्धिचरणद्वारा रचित कविता वाचन गरेर सिद्धिचरणप्रति श्रद्दाभाव व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू