अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

सिस्टर ग्रुप, कोलोराडोको उदाहरणीय कार्य

बिआरटीनेपाल २०७८ जेठ ८ गते १८:२९ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा बस्ने नेपालीहरूको साझा घर “नेपाली घर “(Nepali Community सेन्टर)निर्माणको परिकल्पना साकार गराउन Sisters Group Colorado ले महापुराणमा दिएको बचन अनुसार 5,111 डलर सहयोग हस्तान्तरण गरेको छ । समूहको आर्थिक कारोबार हेर्दै आउनु भएकी समूहकी सक्रिय सदस्य दिल कुमारी श्रेष्ठले नेपाली घरका कोषाध्यक्ष भोला कटुवाललाई नेपाली घरका अध्यक्ष लक्षुमन राना र नेपाली घरका महासचिव वसन्त लम्सालको उपस्थितिमा ३,७८१ डलर हस्तान्तरण गर्नु भएको थियो ।

महापुराणको बेलामा समूहले १,३३० डलर प्रदान गरिसकेको थियो । हस्तान्तरण गरिएको रकम प्राप्त भए पछि कोषाध्यक्ष भोला कटुवालले “धेरै पैसासँगै धेरै जिम्मेवारी पनि दिनुभएको छ, र यो ज़िम्मेवारीलाइ पक्कै पूरा गर्नेछौँ” भन्ने वचन दिनु भएको थियो भने अध्यक्ष लक्षुमन रानाले समूहलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त अवसरमा दिदीबहिनी समूहका अन्य दिदीबहिनी राधिका लामिछाने र सीता सापकोटाको पनि उपस्थिति थियो । समूहकी अर्की सक्रिय सदस्य शान्ति भुषालले आफ्नो परिवारको तर्फबाट पनि १,००५ डलर सहयोग सोही अवसरमा गर्नु भएको थियो ।

दिदीबहिनी समूहले आफ्नो वचन पूरा गर्दै सहयोग गरे जस्तो अन्य संघसस्थाहरुले पनि हातेमालो गरेर अगाडि बढे नेपाली कम्युनिटी सेन्टर स्थापना सजिलै गर्न सकिने अन्य दिदीबहिनीहरूको पनि मनसाय थियो । ब्रुमफिल्ड स्थित जाइका ईण्डियन कुइजिनमा जुराइएको उक्त अवसरमा वसन्त लम्साल र उषा लम्सालले न्यानो आतिथ्य प्रदान गर्नु भएको थियो !

प्रतिक्रिया