अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ – मन्त्री अर्याल

बिआरटीनेपाल २०७८ जेठ ४ गते ८:०४ मा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमाकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताउनुभएको छ । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताउनुभयो ।

ं मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको उहाको भनाई छ ।

कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोगबारे अध्ययन, छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताउनुभयो । कार्यदलले बन्दाबन्दीले किसानलाई पर्न गएको असुविधा र क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिनेबारे पनि सुझाव दिने मन्त्री अर्यालको भनाई छ ।

अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाइ छ । कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालासँग समन्वय गरेर काम भइरहेको उहाको दावी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू