अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

कोभिड–१९ को घातक लहरबाट नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:५६ मा प्रकाशित

कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा परेको नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान गुमाउनु परेको, उचित एवं सहज उपचारको ब्यवस्था मिलाउन नसकेको र संक्रमण रोक्न भरपर्दो उपायका रुपमा रहेको कोभिडविरुद्धको खोपसमेत सहज उपलब्ध नभएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

समितिको संयोजक चरण प्रसाईंले एक विज्ञप्तिले निकाल्दै प्रकोपसँग जुध्न समयमै उचित व्यवस्थापन गरिनु पर्नेमा आईसियु÷भेन्टिलेटर बेडको अभाव, अक्सिजनको वितरणमा अनियमितता र कालोबजारीले गर्दा नागरिकको अकालमा मृत्यु भएको उल्लेख गर्नुभएको छ । सरकारी अस्पतालहरुले विभिन्न बहानामा भर्ना नलिने र निजी अस्पतालहरुले चर्को महशुल लिँदा आमनागरिक स्वास्थ्यमा समान पहुँचवाट बञ्चित हुन पुगेको भन्दै समितिले मानवीय संवेदनशीलता समेत बेवास्ता गरी पद र शक्तिको दुरुपयोग गरी ब्यापक विभेद र अनियमितता भएको पनि जनाएको छ ।

‘नेपालको संविधान तथा कानुनले प्रत्याभुत गरेको नागरिकको प्रकोप तथा माहामारीमा सुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा, जवाफदेही सरकार, वेथिति एवं भ्रष्टाचारमुक्त समाज र ब्यक्तिको बाँच्न पाउने अधिकार प्रत्याभुत गरी पारदर्शी ढंगबाट चुस्तदुरुस्त ब्यवस्थापन मिलाई नागरिकको जीवन रक्षा गर्न, अनियमितता गर्ने ब्यक्ति वा संस्थामाथि कडा कारवाही गर्न तथा दोश्रो खोप सहित सबै ब्यक्तिलाई कोभिड विरुद्धको खोपको ब्यवस्था तत्काल मिलाउन निगरानी समिति नेपाल सरकारसमक्ष हार्दिक अपिल गर्दछ,’ समितिले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू