अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप दिने बाइडेनको घोषणा, खोपको बदलामा कुनै सहयोग नलिने प्रतिवद्धता

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:५४ मा प्रकाशित

अमेरिकाले आउने ६ सातामा विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने सार्वजनिक घोषणा गर्दै, घोषणा गर्नुभएको हो ।

राष्ट्रपति बाइडेनले यसअघि नै अक्सफोर्ड÷अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताउनुभएकामा सोमबार थप दुई करोड डोज खोप पनि दिने सार्वजनिक गर्नुभएको हो । फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिएको अमेरिकाले अक्सफोर्ड÷अष्ट्राजेनेकाको खोपलाई भने अनुमति दिइएको छैन । यसअघि अमेरिकाले मेक्सिको र क्यानडालाई अक्सफोर्ड÷अष्ट्राजेनेकाको ४० लाख डोज खोप दिइसकेको छ ।

अमेरिकाले रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने भन्दै खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने पनि बाइडेनले प्रष्ट गर्नुभयो । अमेरिकी खोप सहयोग पाउने मुलुकमा कुन कुन हुनेछन् भन्नेचाहिँ खुलाइएको छैन । बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गर्दै खोप वितरणमा सघाउन कोभ्याक्स तयार रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू