अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

चक्रवातका कारण भारतको गुजरातमा १८ जनाको ज्यान गयो, १६ हजारभन्दा धेरै झुपडी भत्किए

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:५४ मा प्रकाशित

अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको गुजरात राज्यको जनजीवन पनि अस्तव्यस्त भएको छ । तीव्र गतिको हावाहुरी र ठूलो वर्षाका कारण गुजरातमा १८ जनाको ज्यान गएको छ । हवाहुरी र वर्षाका कारण ४० हजारभन्दा धेरै रुख भाँचिएका छन् भने १६ हजार पाँच सयभन्दा धेरै झुपडी भत्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चक्रवातका कारण मुम्बईमा १२ जनाको ज्यान गएको थियो भने एक लाख ५० हजार जना विस्थापित भएका थिए ।

यसैबीच खराब मौसमसँग जुध्दै भारतीय जलसेनाले मुम्बईमा अरब सागरबाट एक सय ७७ जनाको उद्धार गरेको छ । ती सबै जना ढुङ्गामा सवार थिए र चक्रवातका कारण समुद्रमा अड्किएका थिए । चक्रवातले पारेको असरबारे केन्द्रीय गृह मन्त्री अमित शाहले गुजरात, महाराष्ट्र र राजस्थानका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ । केरला, कर्नाटक, गोवा र महाराष्ट्रपछि सोमवार राति चक्रवात गुजरातमा प्रवेश गरेको थियो । अबको केही घण्टापछि चक्रवात कमजोर हुँदै जाने अनुमान गरिएको छ ।

Cyclone Fani

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू