अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

गृहमन्त्री थापा र एमाले नेता नेपालबीच भेट, राष्ट्रिय सभा उपनिर्वाचनमा सहयोगको आग्रह

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:५० मा प्रकाशित

गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल गर्न गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा कोटेश्वरस्थित वरिष्ठ नेता माधकुमार नेपाल निवास जानुभएको थियो । नेता नेपालको सचिवालयका अनुसार एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका थापा उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्दै नेपाललाई भेट्न जानुभएको हो ।

भेटका क्रममा नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा थापालाई सहयोग गर्ने आश्वासन दिनुभएको बताईएको छ । नेपालले थापालाई एमालेको उम्मेदवार भएकाले जिताउनु आफ्नो दायित्व भएको बताउनुभएको हो । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन कांग्रेस र माओवादीले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका थिए । देवकोटा नेपालनिकट उम्मेदवार हुनुहुन्छ ।

एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएपछि ६ गते हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षका मतदाताहरुले थापा वा देवकोटा कसलाई भोट हाल्छन् भन्ने चासोपूर्वक हेरिएको छ । माओवादी केन्द्रले भने देवकोटालाई मतदान गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू