अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

“वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन” -पूर्वअर्थमन्त्री महत

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवंम पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । पूर्वअर्थमन्त्री डा. महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको हो ।उहाँले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताउनुभयो ।

सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताउनुभयो । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेट अघिको प्रि–बजेट छलफल पनि जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उहाँले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम÷कामचलाउ बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू