अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

आफैले नेतृत्व पाए सरकारमा जाने जसपाको निर्णय, कार्यकर्तालाई एकतावद्ध रहन ठाकुर र यादवको आग्रह

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४८ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) मा तत्काल सरकारमा नजाने विषयमा सहमति बनेको छ ।पार्टीका दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकाल्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था भए त्यसका लागि अघि बढ्ने निर्णय पनि गरेको छ ।ओली सरकारलाई हेर्ने दृष्टिकोण र विश्वासको मत प्रकरणमा दुई नेता ठाकुर र यादवबीचको टकरावका कारण जसपा नै विभाजनको मुखमा पुगेका बेला सोमबार आफ्नै नेतृत्वमा सरकार दावी गर्दै विज्ञप्ति निकालिएको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमा पदाधिकारी बैठकले सहमति गरेर सांसदलाई स्वविवेकको अधिकार दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । तर यो अवसरलाई दूरुपयोग गरेर पार्टीका केही नेतृत्वबाट नै गुट–उपगुट खडा गर्नेगरी गुटबन्दी गर्दै संचारमाध्यममा दिएका अभिव्यतिप्रति ध्यानाकर्षण भएको पनि दुई नेताले जनाउनुभएको छ ।

विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरुप नै पार्टी गतिविधि गरिने भन्दै विज्ञप्तिमा समायोजन हुन नसकेका पार्टी कमिटी, भ्रातृ संगठनबीच समायोजन गर्न सहमति गरिएको जनाइएको छ । पार्टी एकतामा जोड दिँदै विज्ञप्तिमा पार्टीमा कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्न गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरुलाई अन्त्य गरी पार्टीलाई एकतावद्ध राख्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू