अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

“स्वास्थ्य मापदण्ड पूरा नगरी आईसोलेसन सेन्टर नखोलौं”–स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरि जथाभाबी आइसोलेशन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ सङ्क्रमणका बिरामीको संख्याबढेसँगै विभिन्न सङ्घ–संस्थाले आइसोलेशन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेशन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिन्डर लगायत सामग्री राखेर आइसोलेशन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभाबी आइसोलेशन सेन्टर नखोल्न सचेत गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेशन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मी, उपचारमा चाहिने उपकरण, औषधि र क्रिटिकल केअरका लागि लैजाने अस्पतालको समन्वय, प्रत्यक्ष निगरानीलगायत सुनिश्चित गर्न सुझाव दिनुभयो । उहाँले सामान्य भौतिक पूर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेशन केन्द्र स्वास्थ्यका हिसाबले अर्को घातक हुन सक्ने चेतावनी दिनुभयो ।

उहाँले टोल–टोलमा आइसोलेशन सेन्टरका नामा स्वास्थ्य सामग्रीको ठूलो खपत हुने र आवश्यक पर्ने अस्पतालमा उपचार सामग्रीको अभाव हुन सक्ने स्थिति सिर्जना भएकाले आफूहरू चिन्तित बनेको बताउनुभयो । आइसोलेशन सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार राख्नैपर्ने स्वास्थ्य सामग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू