अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

एमाले कार्यदल बैठकः कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४६ मा प्रकाशित

पार्टीीभत्रको विवाद मिलाउने जिम्मेवारी पाएको नेकपा एमालेको कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको र भोलि फेरि छलफल गरिने कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो ।

कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गर्ने निर्णय पनि भएको बताउनुभयो ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गएको वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो । आजको बैठकमा काम कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल सहभागी हुनुभएको थिएन । यसैबीच आजको बैठकले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन पनि कार्यदलले अपिल जारी गरेको हो । बैठकले पार्टीभित्र देखिएको समस्या समाधान गर्न सहयोग र सद्भावको वातावरण निर्माण गर्नेतर्फ जोड दिनुपर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू