अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

नेपालमा थप ८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण, १ सय ९६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:४४ मा प्रकाशित

गएको २४ घण्टामा नेपालमा ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार २ सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप १ सय ९६ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी १ सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू