अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

अमेरिकामा सुकृती शर्मालाई रु ५ लाख ८४ हजार राशिको ब्लूमक्विस्ट पुरस्कार

बिआरटीनेपाल २०७८ जेठ ३ गते ९:५८ मा प्रकाशित

‘सत्र पुष्प पत्रहरू’ नामक कथा सङ्ग्रहकी लेखक सुकृती शर्मालाई ब्लूमक्विस्ट पारिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट-२०२१ वर्ष पुरस्कार प्रदान गरेको छ।

परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कुल अन्तर्गतका उत्कृष्ट विद्यार्थीहरू मध्येबाट छानिने एक विद्यार्थीलाई वार्षिक रूपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५,००० डलर छ।

ब्लूमक्विस्ट पारिवारिक प्रतिष्ठानले धेरै लामो समय देखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर’ नामक संस्था मार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कुरा कलेज एक्सेस फेयर फ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।

उक्त पुरस्कार पाए पछि कुरा गर्दै नेपाली-अमेरिकि चेली सुकृती शर्माले भनिन, यो उनको कडा परिश्रम, बुबा आमाको प्रोत्साहन र आफ्नो सृजनशीलताको परिणाम हो । सुकृतीले आफ्नो भाइ साइमनसँग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरू’ नामक कथा सङ्ग्रह अमाजनमा उल्लेखनीय रूपमा बिक्री भइरहेको छ । उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टी पुस्तकालयले पाठक सदस्यहरूलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ । उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनान स्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतीले बताइन ।

भविष्यमा विश्व भरिका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोच बनाएकी सुकृतीले सानै उमेर देखि स्थानीय एवम् राष्ट्रिय स्तरका समाचारपत्रहरूमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरू प्रकाशन गर्दै आइरहेकी छिन।

“अमेरिकाको भविष्यका डाक्टरहरू” नामक स्कुल स्तरीय क्लबको उपाध्यक्ष समेत रहेकी सुकृतीले सप्ताहान्तमा इनोभा फेयर फ्याक्स क्याम्पसमा स्वयंसेविकाको रूपमा काम गर्दै आइरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू