अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि साउदीमा रहेको नेपाली दूतावासले भौतिक रूपमा सेवा प्रदान नगर्ने

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:४० मा प्रकाशित

साउदीमा रहेको नेपाली दूतावासका कर्मचारीमा कोरोना देखिएपछि भौतिक रूपमा सेवा बन्द भएको छ । पहिले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको र पुनः थप कर्मचारीमा संक्रमण पुष्टि भएपछि भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले जनाएको छ ।

अत्यावश्यक काम परेमा भने फोनमार्फत दूतावासमा सम्पर्क गर्न सकिन्छ । तर अर्को सूचना जारी नभएसम्म दूतावासले भौतिक रूपमा भने सेवा नदिने भएको छ ।

दूतावासमा ०११४्र६१११०८ नम्बरमा बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिन्छ । योसँगै दूतावासको हटलाइन नम्बर ०५५९३८९६०० वा इमेल ठेगाना epalembassyriyadh@gmail.com मार्फत पनि आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू