अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

कर्णाली प्रदेशमा दुई मन्त्रीद्धारा शपथ ग्रहण

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:४० मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गर्नुभएका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार मन्त्रीमा नियुक्त गरेका उनीहरूलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि सोमबार शपथग्रहण गराइएको हो ।गएको बुधबार मुख्यमन्त्रीले सुर्खेतका सांसद विन्दमान विष्ट सहित तीन जनालाई मन्त्रीमा नियुक्त गरे पनि कांग्रेसको असन्तुष्टिका कारण सांसद विष्टलाइ पछि हटाइएको थियो ।

गएको वैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन । आफूहरूलाई जानकारी नै नदिइ भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू