अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटालाई मतदान गर्न माओवादीको ह्वीप,बादल प्रतिगमनका मतियार

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:३५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका खिमलाल देवकोटालाई मतदान गर्ने भएको छ । सोमबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आह्वान गरेको छ ।

वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ, । त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुखरअध्यक्ष र उपप्रमुख उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’

नेकपा माओवादीले नेकपा एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको’ आरोप लगाइएको छ । देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको गठबन्धनले साझा उम्मेद्वारको रूपमा अघि सारिएको थियो । त्यसमा एमालेको माधव नेपाल पक्षले समेत समर्थन जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू