अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

एथ्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:३४ मा प्रकाशित

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ ।गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई २–१ ले हरायो । एथ्लेटिकोको जितमा रेनान लोडी र लुइस सुवारेजले एक एक गोल गरे ।जितसँगै एथ्लेटिकोले लिग तालिकामा दोस्रो स्थानको रियाल मड्रिडमाथि २ अंकको अग्रता बनाएको छ ।

रियालले गएराति नैं भएको अर्को खेलमा एथ्लेटिक विल्वाओलाई १–० ले हराउँदै उपाधि जित्ने संभावना जिवित राखेको छ ।बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएपछि उपाधि होडबाट बाहिरिएको छ । गएरातिको जितपछि एथ्लेटिकोको ३७ खेलबाट ८३ अंक भएको छ ।दोस्रो स्थानको रियालको समान खेलबाट ८१ अंक छ । लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै बाँकी छन् ।

अन्तिम चरणमा एथ्लेटिकोले रियाल भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियालले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ ।

प्रतिक्रिया